Monday, November 12, 2012

अर्घाखाँचीमा डा चित्र प्रसाद शर्मा वाग्ले सहयोग समितिको गठन, लुहेस्कोले १ लाख सहयोग गर्ने


- हरिप्रसाद नेपाली

कार्तिक २६, अर्घाखाँची/क्यान्सरबाट पीडित डा. चित्र प्रसाद शर्मा वाग्लेको लागी सहयोग जुटाउने उद्धेश्यले अर्घाखाँचीमा डा. चित्र प्रसाद शर्मा वाग्ले सहयोग समितिको गठन भएको छ ।

अर्घाखाँची जिल्लामा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको लुहुस्को लिमिटेडको पहलमा लुहुस्कोकै अध्यक्ष समेत रहेका स्वाथ्यकर्मी तिलक मिश्रको संयोजवकत्वमा समितिको गठन गरिएको हो । समितिमा जिल्लामा क्रियाशिल स्वास्थ्य संग सम्वन्धित संस्थाका प्रतिनिधीहरु रहेका छन् ।

समितिका तर्फबाट कार्तिक २६ गते सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिश्रले डा. वाग्लेको पैसाको अभावमा उपचार नपाउने अवस्था आउन नदिईने बताए । राष्ट्रका उत्कृष्ट तथा जिल्लाका प्रिय डाक्टर चित्र वाग्लेको सम्पूर्ण उपचार राज्यले बेहोर्नुपर्नेमा सरकार उदासिन बनिरहेको उनको आरोप थियो । जिल्लाको गाउँ गाउँका जनता चित्र डाक्टर बचाउनका लागि कुनैपनि सहयोग जुटाउन तयार छन् । “आवश्य प¥यो भने चित्र सरको लागि जिल्लाबाटै करोडौँ उठाउन सकिन्छ” । उनले भने “तर पैसाका कारण चित्र डाक्टरसावलाई हामी मर्न दिदैनौं ।”

करीव १२ वर्ष अर्घाखाँची जिल्लामा रहेर स्वास्थ्य सेवा प्रदान गरेका वाग्ले अहिले एपेन्डिक्स क्यान्सर रोगबाट थलिएका छन् । उनको दिल्लीमा रहेको राजिव गान्धी मेमोरियल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।

लुहेस्कोले ग¥यो एक लाख सहयोग

यसैविच डा वाग्लेको उपचारको लागि अर्घाखाँचीमा विगत लामो समयदेखी स्वास्थ्य सेवामा सहयोग पु¥याउदै आएको लुहेस्को लिमिटेडले रु एक लाख रकम सहयोग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै लुहेस्कोका अध्यक्ष समेत रहेका सहयोग समितिका अध्यक्ष मिश्रले उक्त जानकारी दिएका हुन् ।

No comments:

Post a Comment